अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.८ लिक्मा शिविर स्थित लागूऔषधको कारोबार भइहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरोहिरोइन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ व्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५६० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.११ बस्ने वर्ष २८ को जयराम तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
डोटी:- जिल्ला डोटी जोरायल गा.पा.२ मिल चौराहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ७ किलो ८५ ग्राम सहित जिल्ला बझाङ दुर्गाथली गा.पा.५ जाफ्री बस्ने वर्ष २८ को बिरेन्द्र जप्रेल र बर्ष ४८ को ओम जंग बहादुर कडायतलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र इलाका प्रहरी कार्यालय बुडर, डोटीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।