ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते
२०८३-०८-१२
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा जगन्नाथ गा.पा.३ दाउणा स्थित पिलुचौरबाट मनिकाँडा तर्फ जादै गरेको सु.प.प्र.०१-००२ त ४६८७ नम्वरको ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार जगन्नाथ गा.पा.३ मनिकाँडा बस्ने वर्ष ४५ को धन रुप शाही र वर्ष ३५ को धर्म शाहीको सोमबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ भने वर्ष ५२ की रामसरा देवी सिंहको उपचारको क्रममा कोल्टी आधारभुत अस्पताल बाजुरामा गएराति मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य चालक सहित ४ जनाको कोल्टी आधारभुत अस्पताल बाजुरामा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।