प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

    १. आत्महत्या दुरुत्साहन मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरीवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.६ बस्ने मनिष कुमार चौधरी । 

   २. लागूऔषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ ,ब्लक नं.११ बस्ने पदम राज भण्डारी ।

   ३. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने बिक्रम बहादुर बोहरा ।

   ४. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने हरि साउँद ।

   ५. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने शिखा डाँगी ।

   ६. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, बर्दगोरिया गा.पा.१ बस्ने सन्तोष बिश्वकर्मा ।

   ७. सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.२ बन्दिपुर बस्ने बर्ष ४२ को बिर्ख बहादुर सुनार ।


    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०१।१६ गतेको फैसलाले लागूऔषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा ९ दिन कैद तोकिएको जिल्ला बाजुरा, खप्तड छेडेदह गा.पा.५ दोगडी बस्ने बर्ष २७ को दिपक रावतलाई प्रहरी चौकी दोगडी, बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२२४  गते ऐ. दोगडी बजारबाट पक्राउ गरेको ।    

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१५

     कैलाली:-  जिल्ला कैलाली टीकापुर न.पा.३ शकरपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८१० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय दुई जना किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी,  जिल्ला कैलाली टीकापुर न.पा.१ समितिपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ९१० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ५७० मिलिग्राम सहित जिल्ला कैलाली, गोदावारी न.पा.४ बस्ने वर्ष २७ को प्रभाष मल्ल र जिल्ला डोटी, जोरायल गा.पा.१ बस्ने वर्ष २६ को बिक्रम पातलीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेनद्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट नेपाल तर्फ आउदै गरेको से ६ प १५४९ नम्वरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट नियन्त्रित लागूऔषध इस्पास ४० ट्यावलेट सहित जिल्ला कैलाली, घनगढी उ.म.न.पा.१२ बस्ने वर्ष २२ को दिपक बहादुर चन्दलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेनद्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त इस्पास फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१४

     कैलाली:-  जिल्ला कैलाली लम्कि चुहा न.पा. १ बनाना होटलमा बसिरहेको अवस्थामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १५० मिलिग्राम सहित जिल्ला कैलाली जानकि गा.पा.वडा नं ६ बस्ने वर्ष ३१ को प्रेम ब.चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कि,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राती शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा. ९ खक्रौला चेक पोष्ट स्थित सडक खण्डमाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८० मिलिग्राम सहित ऐ.ऐ. वडा नं १ बस्ने १८ वर्षिया किशोरलाई प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१४

   कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७२,६६०।– बराबरको कपडा, सुर्ति र बिडि लगायतका सामानहरु शनिवार  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं २ खैरेनी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३८,७००।– बराबरको पेय पदार्थ,सुर्ति,बिडी र चिनि लगायतका सामानहरु शनिबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।