प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन सम्पन्न

२०८३-०६-२७

  • A
  • A-
  • A+
Share

    कैलालीः- मिति २०८३ साल असोज २७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री सानुराम भट्टराईज्यूबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ।

निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै शाखागत कार्यसम्पादन, नागरिक सेवा प्रवाहमा कार्यालयको भूमिका तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिनुभयो। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यूले कार्यालयबाट सम्पादन भइरहेका कार्यहरू, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र कार्यसम्पादनका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।

निरीक्षणपश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रहरी नायब महानिरीक्षक भट्टराईज्यूले नागरिकमैत्री, प्रभावकारी तथा गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिनुभयो। साथै, आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्न, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्न र आफ्नो कार्यक्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा पेट्रोलिङलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिनुभयो।


उक्त निरीक्षण तथा अवलोकनका क्रममा अत्तरिया क्षेत्रका प्रमुख प्रहरी उपरीक्षक श्री नवराज कार्कीज्यू, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्दज्यू, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यू, अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-१०

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १० ग्राम ६०० मिलिग्राम सहित जिल्ला कैलाली, गोदावारी न.पा.१० बस्ने वर्ष २० को जीवन लुहारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २०० मिलिग्राम सहित दोधारा चाँदनी न.पा.६ बस्ने वर्ष २० को कुशल सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.१ ब्लक नम्वर १३ बाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ३३० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २९ को राजेन्द्र कुँवरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।      

फरार प्रतिबादी पक्राउ
२०८३-०८-१०

    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०७८।१२।०१ गतेको फैसलाले गर्भ संरक्षण मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।– ( दश हजार ) जरिवाना तोकिएको बुढीनन्दा न.पा.७ बस्ने वर्ष ३२ को प्रकाश लोवारलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बडिमालिका न.पा.९ मार्तडी बजारबाट पक्राउ गरेको छ ।     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद सजाय र रु.११,०००।– ( एघार हजार ) जरिवाना तोकिएको आलिताल गा.पा.२ घर भई हाल अमरगढी न.पा.४ खलंगा बस्ने वर्ष ४२ को राम बहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ऐ.३ आईत बजारबाट पक्राउ गरेको छ ।