प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०८-१०

  • A
  • A-
  • A+
Share

    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०७८।१२।०१ गतेको फैसलाले गर्भ संरक्षण मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।– ( दश हजार ) जरिवाना तोकिएको बुढीनन्दा न.पा.७ बस्ने वर्ष ३२ को प्रकाश लोवारलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बडिमालिका न.पा.९ मार्तडी बजारबाट पक्राउ गरेको छ ।

     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद सजाय र रु.११,०००।– ( एघार हजार ) जरिवाना तोकिएको आलिताल गा.पा.२ घर भई हाल अमरगढी न.पा.४ खलंगा बस्ने वर्ष ४२ को राम बहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ऐ.३ आईत बजारबाट पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-१०

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १० ग्राम ६०० मिलिग्राम सहित जिल्ला कैलाली, गोदावारी न.पा.१० बस्ने वर्ष २० को जीवन लुहारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २०० मिलिग्राम सहित दोधारा चाँदनी न.पा.६ बस्ने वर्ष २० को कुशल सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.१ ब्लक नम्वर १३ बाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ३३० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २९ को राजेन्द्र कुँवरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।