प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८३-०८-०९

  • A
  • A-
  • A+
Share

    बझाङ:- जिल्ला बझाङ केदारस्यु गा.पा.७ काँडाचौर बस्ने वर्ष ५८ को बहादुर धामीले घरमा एकनाले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले निजको घर आँगन खानतलासी गर्दा घरदेखि ५० मिटर टाढा खरको कुन्योमा उक्त बन्दुक फेला पारी बन्दुक सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।  

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।