बसको ढोकाबाट लडेर मृत्यु
२०८३-०८-०७
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी पाटन न.पा.६ मेलतडा स्थित मेलौलीबाट महेन्द्रनगर तर्फ जादै गरेको जाँदै गरेको म १ ख ९१९ नम्वरको बसको ढोकाबाट झर्ने क्रममा लडेर सोही ठाउँ बस्ने वर्ष ७० को नारायण चन्द गम्भिर घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आइतबार दिउँसो मृत घोषणा गरेको छ । बस र बस चालक जिल्ला बैतडी मेलौली न.पा.९ रोगटा बस्ने वर्ष ४८ को अशोक चन्दलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।