अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.१ भरुवाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को हिमाल खत्रीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली जानकी गा.पा.७ जवलपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५८० मिलिग्राम सहित सोही न.पा.२ बस्ने वर्ष ३० को रमेश मगर र लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को कमल चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।