अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० कटानबाट अवैध लागूऔषध
ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ९ मिलिग्राम सहित सोही उ.म.न.पा.१२ बस्ने
वर्ष १९ को मोहन सुनवार र १५ वर्षिय किशोरलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय
धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार
राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।