अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.१ एकतानगर स्थित सोही ठाउँ बस्ने वर्ष २५ को सुरेश बिश्वकर्माको घरमा
लागूऔषध सेवन गरिरहेको अवस्थामा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो
पदार्थ ४४० मिलिग्राम सहित निज सुरेश बिश्वकर्मा, ऐ. बस्ने वर्ष २६ को बिशाल बि.क. र
ऐ.बस्ने वर्ष २२ को विरेन्द्र बि.क.लाई इलाका प्रहरी कार्यालय
टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति
चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।