जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०८-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जोखरताल स्थित वर्ष ३० को उमेश चौधरीको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज उमेश चौधरी समेत ६ जनालाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.५७,९२०।- (सन्ताउन्न हजार नौ सय बीस) र १ गड्डी तास सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।