एक नाले भरुवा वन्दुक बरामद
२०८३-०८-०१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१ बाराकुण्डा स्थित बैजनाथ सामुदायिक बनमा रुखको टोड्का भित्र लुकाई छिपाई राखेको भरुवा बन्दुक थान-१ सोमबार दिउँसो गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।
डोटी:- जिल्ला डोटी दिपायल सिलगढी न.पा.७ उडितोला स्थित एकनाले भरुवा बन्दुक थान-१ सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।