फरार प्रतिवादी पक्राउ
२०८३-०८-०१
- A
- A-
- A+
दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।
१. पशुपंक्षी सम्बन्धी कसूर मुद्दामा ५ महिना १४ दिन कैद सजाय तोकिएका महाकाली न.पा.१ लास्कु बस्ने वर्ष ४३ को सुरन राम कामी, वर्ष ३० को तेज राम लुहार र वर्ष २८ को जय राम चुनारा ।
२. जुवातास मुद्दामा २ महिना २५ दिन कैद सजाय र रु.१८,०००।– ( अठार हजार ) जरिवाना तोकिएको दुहुँ गाँ.पा.५ दुल्ला बस्ने वर्ष ४५ को देव राम पार्की ।