प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन

२०८०-१०-१२

  • A
  • A-
  • A+
Share

आज मिति २०८०।१०।१२ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत रहेका ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । यस क्रममा उहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१४

      कैलाली:-  मिति २०८२।०३।१३  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सहिद गेट र टिकापुर न.पा.८ अरनुवा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६५०।– बराबरको बिडी, सुर्ती, पानिपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                      कञ्चनपुर:- मिति २०८२।०३।१३ गते १२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ टाउके बजार स्थित भित्री सडक किनारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,५००।- बराबरको सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीलाई वुझाएको ।