अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.४ साहरा ईटा भट्टा नजिकै भारतबाट नेपाल तर्फ लागूऔषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम १५० मिलिग्राम सहित जिल्ला कैलाली गोदावरी न.पा.६ लालपुर बस्ने वर्ष २८ को राजेश कोली, वर्ष २२ को सुरेश कोली, भारत लखिपुर खिरी बसई बस्ने वर्ष ३० को राम पुकारलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो यू.पी. ३१ सी.पी.६९७८ नम्बरको भारतिय मोटरसाइकल र सु.प.प्र.०१-०१३ प ६७६३ मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ बसपार्कबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ९०० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.१० बस्ने १८ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।