प्रहरी र स्थानीयको समन्वयमा नहरमा फसेको गाईको सकुशल उद्धार
२०८३-०६-१३
- A
- A-
- A+
मिति २०८३।०६।१३ गते करिब १६:०० बजे कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित कर्णाली नदीबाट रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा जाने इन्टेक (मुहान) को बीच भागमा गाई फसेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले स्थानीय तथा आयोजनाका कर्मचारीसँग समन्वय गरी उक्त गाईलाई सकुशल उद्धार गरेको छ।