प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०५-०९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।०८ गते १७:३० बजेको समयमा लागु औषध (चरेश) ओसार पसार तथा कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.२ तेघरी खानेपानी टोलबाट सोही ठाउँ बस्ने वर्ष ४५ की मंगली देवी धामीको घरमा रितपुर्वक खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ किलो १८० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र नापतौल गर्ने तराजु समेत फेला पारि उक्त पदार्थ, तराजु र निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

    दार्चुला:- मिति २०८१।०५।०८ गते २१:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा.९ गोकुलेश्वर बजार स्थित चौलानि पुल नजिक बैतडीबाट गोकुलेश्वर दार्चुला तर्फ आइरहेको ऐ. गाजरी बस्ने वर्ष २० को सुरज महरले चलाएको सु.प.प्र.०१-००१ प २०६९ नम्बरको मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेडलाइटको माथि लुकाइ छिपाई राखेको अवस्थामा १ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३८,५६५ फेला पारि उक्त पदार्थ, नगद रकम, मोटरसाइकल, मोटरसाइकल चालक सहित पछाडी सवार १७ बर्षिय किशोर समेत २ जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जे.पी.चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली जोशीपुर गा.पा.२ घर भई धनगढी उ.म.न.पा. ७ जे.पी.चोक स्थित कोठागरी बस्ने वर्ष २८ को रामलाल डगौरा र धनगढी उ.म.न.पा.७ बस्ने वर्ष २३ को अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रामलाल डगौराको कोठामा गोप्य सुचनाको आधारमा शंका लागि तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ  । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउँ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.८ कोठा गरी बस्ने वर्ष २० की मनिषा चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,११०–  बराबरको मिठाई, भुटेको चना, सर्ति र किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी बजार स्थीत महेन्द्र राजमार्गबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१८,०००।–  बराबरको रेडीमेट कपडा, साडी, सुट र कुर्ती लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२६

कैलाली :- जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं ७ वेलि हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद रु. ४,६७५।- रुपैया सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी,कैलालीबाट  खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ८२ मिलिग्राम सहित जिल्ला बैतडी दोगडाकेदार गा.पा. ५ घर भई हाल भिमदत्त न.पा. १८ कोठा गरी बस्ने वर्ष २० को अशोक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले सोमबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।