प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२०८३-०६-२३

  • A
  • A-
  • A+
Share

    कैलाली - सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईज्यूको प्रमुख आतिथ्यतामा ७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा, धनगढीमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढी, कैलालीका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र थापा, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा, धनगढीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डा. राजन सुवेदी, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।