प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अ.२५ के.जी. लागु औषध (चरेश) सहित २ जना पक्राउ

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

मिति:-२०७७।०६।१५ गते अ.०३:३० बजे वित्थडचिर गा.पा. २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा सु.प.प्र. अनुसन्धान समुह (RIT) बाट प्र.ना.नि. केशव जोशीको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी वित्थडचिर  बाट प्र.स.नि. राम बहादुर बमको कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्ती हरुले प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई अ.२५ के.जी. लागु औषध (चरेश) बोकी बुङ्गलबाट वित्थड बझाङ तर्फ आईरहेको अवस्थामा निजहरुलाई नियन्रत्रणमा लिई प्र.चौ. वित्थडचिरको नियन्त्रणमा राखेको ।

निम्न:-

१. जि. बझाङ बुङ्गल न.पा.२ बस्ती बस्ने नरविर धामीको छोरा बर्ष अ.२५ को धन बहादुर धामी ।

२. जि. बझाङ बुङ्गल न.पा. २ बनभ्वाँ बस्ने कल्यान धामीको छोरा बर्ष अ.२८ को धन बहादुर धामी ।

charesh final

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।