प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भागरथी भट्टको बलत्कार पछि हत्या गर्ने अभियुक्त पक्राउ ।

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

मिति २०७७/१०/२१ गते बिहान जिल्ला बैतडी दोगडाकेदार गा.पा वडा.न.७ बस्ने अन्दाजी बर्ष १८ की भागरथी भट्टको बिद्यालयबाट घर फर्किने क्रममा  बलत्कार पछि हत्या गर्ने अभियुक्त पक्राउ परेको छ । माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा हराएकी भागरथी भट्ट अर्को दिन बिहान मृत अवस्थामा फेलापरेकी हुन । भट्ट मृत अवस्थामा फेला परेको खवर पाएपछि प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान सुरु गरेको हो । प्रहरीले अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बैतडी दोगडाकेदार गा.पा वडा.न.७ बस्ने अन्दाजी १६ बर्षीय युवक रहेका छन । पक्राउ गरिएका युवकलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ । हाल पक्राउ गरिएका युवक प्रहरी हिरासतमा रहेका छन ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।