प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबिरल बर्षाका कारण भएको मानवीय, चौपाया,धनजनको क्षतिको विवरण (०७।०९ गतेको थप अपडेट सहित ):-

२०७८-०७-०७

  • A
  • A-
  • A+
Share

  • मानविय क्षति:-
  • मृत्यु:-  जम्मा ३७ जना । (डोटीमा मृत्यु  १६ जना डडेल्धुरामा मृत्यु ३ जना:-  बैतडीमा मृत्यु जम्मा,बझाङ:- मृत्यु १२ जना, , कैलाली:- १ जान मृत्यु, अछाम :- १)
  • घाईते जम्मा १८  जना (डोटीमा घाईते १२ जना , ,  डडेल्धुरामा घाइते जम्मा २ जनाबैतडीमा जम्मा घाईते २ जना:- , बझाङ:- घाईते १ जना, बाजुरा :- १ ।
  • पहिरोमा परि बेपत्ता २२ जना:- बझाङमा बेपत्ता जम्मा -१९ जना, कैलाली १जना, बैतडी १ जना, डोटी-१ ।  
  • यातायात अवरुद्ध सम्वन्धि बिवरण:-डडेल्धुरा जिल्लाको  अमरगढी न.पा.वडा नं ११ रडुवाखोला  र गजरौलाको बिच भागमा १०० मिटर जति रोड भाँसिएकोले अबरुद्ध, दुबै तर्फबाट डोजरले बाटो खुलाउने कार्य भईरहेको ।

    डोटीको वडा एरियामा एकतर्फि बाटो खुलेको दोहोरोतर्फ रोड खुलाउने कार्य भईरहेको ।

    कञ्चनपुर र कैलालीको एरियामा सडक अवरुद्ध नभएको ।

    अछाम: राजमार्ग सुचारु भएको ।

    बैतडी: राजमार्ग सुचारु भएको ।

    बझाङ: वित्थडचिर गा.पा २ पैरा , केदारस्यु गा.पा १देउरा , ऐ  नारिगौडा , छविसपाथिभरा गा. पा १ जाली वगर ऐ. मौरी वगर , जयपृथ्वी न.पा ७ कचाली खोला खुलाउने कार्य  भईरहेकको ।

    दार्चुला:- महाकाली न.पा. वडा नं.५ किम्तडी भन्ने ठाउँमा बाटो अन्दाजि १०/१२ मिटर जति भाँसिई अबरुद्ध भएकोलेस्काईभेटर द्धारा बाटो खुलाउने कार्य जारी ।

    बाजुरा:-. १ अम्कोट भन्ने स्थानमा२/३ महिना अगाडीदेखि नै बाटो अबरुद्ध भई रहेको, ऐ. ६ बाजुगाडस्थित रोडमा ठूलो ढुङगा आई बाटो अबरुद्ध भएको र बुढीगंगा न.पा. ३ ताप्रिसेरामा पहिरो आई  बाटो अबरुद्ध खुलाउने पहल भईरहेको ।

    इन्टरनेट:-सबै जिल्लाहरुमा चालुअवस्थामा रहेको ।

    टेलिफोन:-सबै जिल्लाहरुमा चालुअवस्थामा रहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२

      कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.६ बागमाराबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बि.क. लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुईबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३२० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ३८ को प्रेम लाल राना र सोही ठाउँ बस्ने बर्ष ४३ को मागुराम चौधरी रहेका छन् । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-११

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बडाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५६,८००।– बराबरको बिडी, सुर्ति, गुट्खा लगायतका सामानहरु मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ कालागौडी स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०६,६००।-बराबरको चिनी, बिडी, खानेतेल, बिडी, सुर्ती, सरप, चियापत्ति, पानीपुरी लगायतका सामानहरु मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-११

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा. ५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गा.पा.२ परागीपुर बस्ने बर्ष ३० को प्रकाश भण्डारी, बर्ष २६ को प्रकाश वडुवाल र बर्ष २८ को प्रविन भण्डारी रहेका छन् । विशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थमा इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१ बन्साहबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त न.पा.१ भासि बस्ने बर्ष २० को आकाश चौधरी र सोही नगरपालिका २ भासि बस्ने बर्ष २१ को अबिषेक चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट  बन्साह, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।  

फरार प्रतिबादी पक्राउ
२०८२-१२-११

      अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०७९।१०।२६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला अछाम, पञ्चदेवल विनायक न.पा. ८ बस्ने वर्ष ३६ को हिरा लाल कोमिलीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१० गते मंगलसैन न.पा.५ मंगलसैन बजारमा पक्राउ गरेको हो  ।      डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले वालयौन दुर्वव्यावहार मुद्दामा १३ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.४ चुल्ल बस्ने बर्ष २२ को केशव भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१०  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।