प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०२।०६ गते १७:५० बजेको समयमा जिल्ला बैतडी, पाटन न.पा. ६ रोडाखोला स्थित जिल्ला डडेल्धुरा अमरगढी न.पा.४ बस्ने बर्ष अन्दाजी ४५/५० को रुपक जैरु मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२३

      दार्चुला:- मिति २०८१।०७।२३ गते १०:३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा. ०९ गोकुलेश्वर बजारमा बैतडी बाट गोकुलेश्वर दार्चुला तर्फ आउदै गरेको ग ३ च ३३५१ नम्बरको बोलेरो जिपलाई रित पुर्बक खानतलासी गर्दा जिल्ला दार्चुला, नौगाड गा.पा. ५ बस्ने बर्ष १९ को विरेन्द्र सिंह धामी र ऐ. ४ बस्ने सोही जिपको चालक बर्ष २२ को लोकेन्द्र सिंह ठगुन्नाको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी  उक्त पदार्थ, जीप र निजहरु दुवैजनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कैलाली:- मिति २०८१।०७।२३ गते ११:०० बजेको समयमा लागु औषध (खैरो हिरोईन) बेच बिखन तथा सेवन कार्य भईरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ राजिपुर स्थित वर्ष २२ को पदम न्यौपानेको घरमा रित पुर्वक खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम १७० मिलीग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निज सँगै रहेको ऐ. तिल्केनी बस्ने वर्ष २१ को टंक बोहरा  समेतलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            कञ्चनपुर:- मिति २०८१।०७।२३ गते १३:१० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ६ बञ्जरियाबाट सोही ठाउँ बस्ने बर्ष ३६ को दिल बहादुर चौधरीलाई ३५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२३

     कैलाली:- मिति २०८१।०७।२२ गते १६:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,५००।– बराबरको चिनी, सुर्ती, प्लाष्टिक झिल्ली, लेडिज सुईटर, उलन पलाजु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:-  मिति २०८१।०७।२२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ चौकीसत्ता र  दोधारा चाँदनी न.पा. ७ गौरीटोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२१,९४०।– बराबरको गुड, अण्डा, खानेतेल, नमकिन, आलु चिप्स, गुडिया, कुर्ता सुरुवाल, थान कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२२

     कैलाली:-  मिति २०८१।०७।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.न.पा. १६ रामपुर गोदावरी न.पा.४ बनदेबी नजिक, टीकापुर न.पा.४ मौरनिया, ऐ.९ बालुवाटार र कैलारी गा.पा.७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८७,७५५।– बराबरको प्याज, चिनी, दाल, साबुन, बदाम, हरियो खुर्सानी, केराउ, बिडी, सुर्ती, सिद्रा माछा, माछा, बोईलर कुखुरा, प्लाष्टिक झिल्ली, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०७-२२

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०७।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. वाल यौन दुर्व्यवहार मुद्दामा १५ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ बस्ने  बर्ष ३० को          हरिश कार्की । २. लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २५ को सुवास थापामगर ।३. चेक अनादर मुद्दामा रू १,०००।– जरीवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १४ बस्ने  बर्ष ४३ को शंकर प्रसाद शर्मा ।     

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२१

     कैलाली:- मिति २०८१।०७।२० गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जोशीपुर गा.पा.५ घर भई ऐ.७ रघुनाथ बहुमुखी क्याम्पस नजिक प्रतिभा हेल्थ क्लिनिकका संचालक बर्ष ४० को राम कृष्ण चौधरीले संञ्चालन गरेको मेडिकलमा प्रतिबन्धित लागू औषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा लागू औषध स्पास्मो नामक ट्याब्लेट ५०० वटा र त्रिगाभा म्यूरिन नामक ट्याब्लेट १००० वटा फेला पारी आवश्यक प्रकिया पुरा गरी उक्त ट्याब्लेट र निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         दार्चुला:- मिति २०८१।०७।२० गते २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, मार्मा गा.पा.३ बिटुले बस्ने बर्ष ३० को लोकेन्द्र महरको घर पसलमा लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बिक्रिबितण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा निजको घर पसलमा खानतलासी गर्दा निजको घर पसलबाट लुकाई छिपाई राखेको अवस्थामा २ किलो ३०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।