प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०२।१३ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १५ बस्ने राजमती रानाले संचालन गरेको राम फर्निचर उद्योगमा चेकजाँच गर्ने क्रममा टाँचा नलगाएको अवैध साल जातको काठ गोलिया-१ (२९ क्युफिट) अन्दाजी मुल्य रु. ४२,०००।– बराबरको काठ गोलिया प्रहरी चौकी कनरी, कैलाली र सव-डिभिजन वन कार्यालय फुलवारी कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि सब डिभिजन बन कार्यालय फुलबारीको जिम्मा लगाएको । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।