प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०८१।०२।१४ गते १७:४० बजेको समयमा  जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ८ तिलाचौर घर भई ऐ. ९ ब्रमदेब ससुराको घरमा बस्दै आएका बर्ष अन्दाजी ४०/४१ को सिद्द ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको ।

यसैगरी मिति २०८१।०२।१४ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ चौवन्नी खल्ला स्थित हाल नाम,थर, वतन नखुलेका बर्ष अन्दाजी ३०/३२ को मोदी भनि चिनिने भारतिय नागरिक बेहोस अवस्थामा छ भनि स्थानियले जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट प्रहरी टोली खटि गइ प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीको एम्बुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।