प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छली सामान सम्बन्धी

२०७९-१०-०९

  • A
  • A-
  • A+
Share

मिति ०७९।१०।०९ गते अ.२१:२० बजे कैलारी गा.पा.४ केगाउँ बस्ने बर्ष ५६ को यम बहादुर सुनारको घरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्र.ह.झंकर सिंह भण्डारीको कमाण्डमा खटिएको टोली र ई.प्र.का.हसुलिया कैलालीबाट प्र.ब.ना.नि.राम सिंह बोहराको कमाण्डमा  खटिएको ४ जनाको सयुक्त टोलीले चेकजाँच गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको पलास्टिक बोरा,डोरी,चकलेट,मिठाई र अन्य खुद्रासामान (किराना सामान) गरी रु १,०८,०००/- (एकलाख आठहजार) बराबरको सामान, र निज यम ब. सुनार समेतलाई नियन्त्रणमा लिएको ।  बरामद मालसामानहरु आवश्यक कार्बाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाएको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।