प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध ब्राउन सुगर फेला

२०७९-१०-१०

  • A
  • A-
  • A+
Share

कैलाली १० गते २०:०० बजे, धनगढी उ.म.न.पा.९ तारताल स्थित अ.प्र.पोष्ट जुगेडाबाट प्र.ना.नि. को कमाण्डमा र स.प्र.बलको  BOP बाङग्रा कटानबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेका ऐ.धनगढी उ.म.न.पा.१० बस्ने वर्ष २५ को गौरब श्रेष्ठ सहित ५ जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४२० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारि ला.औ.सहित निज ५ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा राखि अनुसन्धान कार्य भई रहेको । निम्नः- १.जि.कैलाली ध.उ.म.न.पा.१० बस्ने राम श्रेष्ठको छोरा बर्ष २५ को गौरब श्रेष्ठ । २.ऐ.ऐ. १३ बस्ने राम दिन चौधरीको छोरा बर्ष १९ को खुसीराम चौधरी । ३. कैलारी गा.पा. ७ बस्ने बर्ष २४ को मधुकर चौधरी। ४.गौरीगंगा न.पा. ९ बस्ने बर्ष २१ की अनुपा चौधरी । ५. जि.झापा पारदशी गा.पा. ५ बस्ने बर्ष २१ की पुजा लिम्बु ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।