प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२३ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, जोशीपुर गा.पा.२ बस्ने दिनेश जेठाराको भान्सा कोठामा खाना पकाउनको लागि बालेको आगोबाट भान्सा कोठा संगै जोडीएको १ कोठे कच्ची गोठमा आगलागी हुँदा २ वटा बाख्राको जलेर मृत्यु भएको, ३ वटा बाख्रा जलि घाईते भएका र खाद्यान्न, साईकल लगायतका समानहरू गरी अन्दाजी मुल्य रु. १,८०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

   यसैगरी, मिति २०८१।०२।२३ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ बस्ने तुल बहादुर पहराईको २ तले जस्तापाताले छाएको कच्ची गोठमा अचानक आगलागी हुँदा गोठ र गोठ भित्र रहेको काठपात, भुसा लगायतका सामानहरु गरी अन्दाजी रु. ३,५०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, १ वटा भैसी र १ वटा बाख्रा जली सामान्य घाइते भएको, प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

   बाजुरा:- मिति २०८१।०२।२३ गते १९:४५ बजेको समयमा जिल्ला बाजुरा, बुढिनन्दा न.पा.१ तल्लो कोल्टी बजार बस्ने माने लुहारको घरमा बिजुलीको तार सर्ट हुन गई घरको एक कोठामा आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा, Laptop थान-१  लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।