प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।२८ गते १४:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ जानकी टोलमा लागू औषधको कारोबार तथा सेवन भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने १८ बर्षिय किशोरको घरको कोठामा खानतलासी गर्दा भेन्टीलेसनमा लुकाई छिपाई राखेको अवस्थामा ०.१५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निज १८ बर्षिय किशोर र ऐ. वडा नं. ४ बस्ने १८ बर्षिय किशोर समेत दुइ जनालाई  नियन्त्रणमा लिईएको, सो सम्वन्धमा थप अनुसन्धान भईरहेको ।

    यसैगरी,  मिति २०८१।०२।२८ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ जानकी टोल स्थित लागू औषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा बर्ष २८ को शंकर दत्त जोशीको घरको कोठामा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिस सहित निज शंकर दत्त जोशी  र सोही ठाउँ वस्ने बर्ष २१ को ईमानुयल राइ समेत दुइ जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।