प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-०२

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।०१ गते १८:०० बजेको समयमा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उ.म.न.पा. ३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा जिल्ला बैतडी, पाटन नगरपालिका ८ बस्ने बर्ष २२ को गणेश महरालाई २ ग्राम ८०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   कञ्चनपुर:- मिति २०८१।०३।०१ गते २०:३० बजेको समयमा नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भिमदत्त न.पा.१ शिबमन्दिर नजिकबाट बेदकोट न.पा. ६ बस्ने बर्ष २९ को निरज चौधरी, ऐ ८ बस्ने बर्ष २१ को अकबर डगौरा र बर्ष २१ को सुमित चौधरीलाई शंका लागि चेकजाँच गर्दा ०.०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निरज डगौरा र अकबर डगौरालाई नियन्त्रणमा लिईएको, सुमित चौधरी घट्ना स्थलबाट फरार रहेकोले सुमित चौधरीको घरमा गइ चेकजाँच गर्दा २.२६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको निजको खोजतलास भइरहेको,  सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।