प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।०९ गते १३:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणीबाट सोही ठाउँ बस्ने वर्ष ५६ को हरीलाल ऐरलाई निजले संञ्चालन गरेको खुद्रा पसलबाट गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा २९.३५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

    यसैगरी, मिति २०८१।०३।०९ गते १८:०० बजेको समयमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीको होल्डिङ सेन्टर नजिकबाट शंका लागि चेकजाँच गर्दा ऐ.२ बस्ने बर्ष २९ को पुरुषोत्तम जोशीलाई २.६३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।