प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।१० गते १७:०० बजेको समयमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुरबाट सोही ठाउँ बस्ने बर्ष ३० को तेजराज भट्टलाई ०.१४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

    कैलाली:- मिति २०८१।०३।१० गते १५:२४ बजेको समयमा इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला कैलाली, चुरे गा.पा.६ फल्टुडे पोस्ट नजिकबाट जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ कुस्माली बस्ने बर्ष २१ को ललित ऐर र १६ बर्षिय किशोर समेत दुई जनालाई चेकजाँच गर्दा ललित ऐरको साथबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले निजहरु दुवै जना र निजहरु सवार मोटरसाईकल थान-१ नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०८-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले डाँका चोरी मुद्दामा १ महिना कैद सजाय र रु. १३,०००।– जरिवाना, डाँका चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.१५,०००।– जरिवाना, डाँका चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.५४००।– जरिवाना र डाँका चोरी मुद्दामा १ बर्ष कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.८ बस्ने बर्ष ३८ को रामलाल चौधरीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१९  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।         कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।३० गतेको फैसलाले लागूऔषध खैरो हेरोईन  मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कञ्चनपुर कृष्णपुर न.पा.९ चम्तमा बस्ने बर्ष ३२ को हरी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२०

     कैलाली:- मिति २०८२।०८।१९ गते ११:३० बजेको समयमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाजुरा, स्वामिकार्तिक गा.पा.२ घर भइ हाल जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ थपालीपुर बस्ने बर्ष ५७ को शंकर हमाललाई ऐ.स्थित भित्री सडकखण्डमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथबाट १८ ग्राम ६ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी,   मिति २०८२।०८।१९ गते १२:१५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१० शान्तिपुर टोल जाने बाटोको कल्भर्टबाट ऐ. ८ बस्ने १८ बर्षिय किशोरलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट  ५६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      कैलाली:- मिति २०८२।०८।१९ गते २०:०० बजेको समयमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.२ स्थित पहाड रोडमा रहेको स्वस्तिक होटलको कोठा भित्र लुकिछिपि बसिरहेको अवस्थामा निजहरुको शरिर तथा कोठाको खानतलासी गर्दा  जिल्ला बझाङ, छब्बिस पाथिभेरा गा.पा.७ बस्ने बर्ष २८ को बम बहादुर धामी, ऐ. बस्ने बर्ष ४२ को जनक जाग्री, ऐ. सुर्मा गा.पा.३ बस्ने बर्ष २५ को अमृत बोहरा र जिल्ला दार्चुला, महाकाली न.पा.२ बस्ने बर्ष ५० को रुपसिंह सितोलीको साथबाट  ७ के.जी. ५०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र तौल गर्ने काँटा थान -१ सहित फेला पारि उक्त पदार्थ, काँटा सहित निजहरु चारै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।