प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८१-०३-१७

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।१६ गते ११:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १२ स्थित महाकाली पक्की पुलमा लेवरी काम गर्ने जिल्ला सुर्खेत, बाराहाताल गा.पा. ७ घर  भएको वर्ष ४५ को धन बहादुर गुरुङ ऐ.स्थित महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ इलाका  प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुर समेतबाट प्रहरी टोली खटि गइ खोजतलास गर्दा १८:०५ बजेको समयमा मृत अवस्थामा फेला पारेको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।