प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२२

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०३।२१ गते १५:०० बजेको समयमा वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला बझाङ, खप्तड छान्ना गा.पा.३ घर भई हाल जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बसपार्क स्थित कोठा गरि बस्ने बर्ष २८ को सुजल खड्काको कोठामा ऐ.६ बस्ने बर्ष २९ को गणेश बि.क. र ऐ. १५ बस्ने बर्ष २७ को प्रकाश भण्डारी समेत ३ जना शंकास्पद रुपमा बसिरहेको अबस्थामा खान तलासी गर्दा प्रकाश भण्डारीको साथबाट लुकाई छिपाई राखेको अबस्थामा ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजहरु तिनै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।