प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०३-३०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।२९ गते २१:५० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ कार्की कटान स्थित वडा कार्यालय अगाडी अत्तरियाबाट शान्तिपुरतर्फ आउदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले सोही ठाउँ शान्तिपुर बस्ने पैदल यात्री बर्ष ५२ को मोहन खडकालाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको, बस र बस चालक सोही ठाउँ कार्की कटान बस्ने बर्ष २८ को सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८२-०३-१८

      कञ्चनपुर:- मिति २०८२।०३।१७ गते २०:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले बिपरित दिशा बाट आउदै गरेको चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरिया बस्ने बर्ष ४० को दिपेन्द्र चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. २२:१५ बजे उपचारको क्रममा मृत्यु भएको,  जिप र जिप साहु जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी बस्ने बिरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको,  जिप चालक फरार रहेकोले खोजी कार्य भईरहेको  ।