प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०४-३१

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०४।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, भजनी न.पा.५ कर्मदेबघाट र जानकी गा.पा.४ झबै पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८७,१००।– बराबरको बिडी, सुर्ती, सुपारी, सुटपिस, ढोकाको लक, बच्चाको जुत्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०४।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बजे भिमदत्त न.पा. १३ भाइरल रोड, ऐ. १६ कालीपुल ऐ. १७ भुमिराज मन्दीर नजिक र बेदकोट न.पा.७ सुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,३३,४३०।– बराबरको चिनी, नरिवल, गुड, काजु, सरप, मसी, माईक्रोनी, क्रिम, चुरोट, कफी लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।