प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

अछाम, ५ भदौ

कमलबजार नगरपालिका-२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय पदम थापा, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय खडक बिष्ट, सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय मन बहादुर चलाउने, सोही नगरपालिका-१ बस्ने ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रेम नेपाली, सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिका-५ बस्ने २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका-६ बस्ने ४६ वर्षीय शेर बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार  सय ७५ रूपैयाँ, मोबाल ९ थान र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।