प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

फेैसला कार्यान्वयनको क्रममा मिति २०७९।१०।२१ गते साँझतिर अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली,धनगढी उमनपा ३ ट्राफिक चोकबाट जुवातास मुद्दामा सम्मानित कैलाली जिल्ला अदालत कैलालीको मिति ०७७।०८।२९ गतेको फैसलाले १३ दिन कैद सजाय तोकेको फरार प्रतिवादी ऐ.३ बस्ने बर्ष ४० को तिलक अधिकारीलाई नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१९

कैलाली- मिति २०७९।१२।१८ गते दिउसो ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्की चुहा न.पा.२ गणेशपुर  बस्ने बर्ष २५ को सञ्जु शाही लागु औषध (खैरो हिरोईन) को कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.बस्ने वर्ष २४ को नविन डांगी र ऐ.ल.चु.न.पा.६ बस्ने वर्ष २३ को प्रतुष ओडलाई फेला पारी निजहरुको शरिर तथा घर कोठामा रित पुर्वक खानतलासी गर्दा निजहरुको साथवाट १ ग्राम ३ सय ६०  मिलि ग्राम लागु औषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।यसै गरि शनिवार साझको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चटकपुरवाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिभुवन चोक स्थित जिल्ला कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २६  को गोबिन्द रावल र भारत पलिया बस्ने बर्ष १९ को राज सिहंलाई शंका लागि चेक जाँच गर्दा निजहरुको साथवाट १ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कञ्चनपुर- मिति २०७९/१२/१८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर शुकल्लाफाटा न.पा.११ स्थित ऐ.शुक्लाफाटा न.पा. १० झलारी बस्ने बर्ष १८ को प्रबिन भन्ने ओम प्रकाश ओलि र ऐ.न.पा.११अम्मर पुर बस्ने बर्ष १७ को राजु बोहोरालाई शंकालागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेलापारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०७९-१२-१८

कञ्चनपुर- मिति २०७९/१२/१७ गते बिहान ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनुर शुकल्लाफाटा न.पा.११ कलुवापुर स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने बर्ष ३४ को अम्वा दत्त भट्टले चलाएको ना.४ ख. ४०२७ नम्बरको बसमा भन्सार छलि गरी ल्याएको ५० किलोका २० कट्टा चिनी फेला पारी  चिनीको अ. मूल्य रु ७०,०००।- र बसको अ.मुल्य रु ७,००,०००।- गरी जम्मा अ.मुल्य रु. ७,७०,०००।-  बराबरको बस सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चिनी र बस सहित आवश्यक कार्वाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर बुझाएको हो ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-१८

कैलाली- मिति २०७९।१२।१७ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली गोदावरी नगरपालिका  १० बस्ने बर्ष २२  को अजबिन चौधरी  र ऐ.ऐ बस्ने बर्ष १९  को सगुन चौधरीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथवाट ८०० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित दुवै जनालाई प्रहीले पक्राउ गरेको हो ।  यसै गरी शुक्रबार बेलुकी तिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी, ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्ला कैलाली भजनी न.पा. ७ चर्रा स्थित ऐ.ऐ. बस्ने बर्ष २३ को ईन्द्र बहादुर कठरियालाई संका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ३३ ग्राम (तेत्तिस ग्राम ) ला.औ. खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।