फरार प्रतिबादी पक्राउ
२०८२-१०-२०
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ३०को घुमन रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
अछाम :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।२१ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, खप्तडछेडेदह गा.पा.३ बस्ने गणेश बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१९ गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको ।