अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-२२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ र ऐ.४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,९८,५००।– बराबरको चिनी, बिडी, सुर्ती, खानेतेल, गुडिया, प्लाष्टिक झिल्ली, किराना लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।