अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२२
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, मंगलसेन नगरपालिका ५ मंगलसेन स्थित कारागार सुरक्षा गार्ड अछामको मुल गेटबाट १ ग्राम ४२ मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ३ बस्ने बर्ष २८ को मोहन बोगटीलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कारागार सुरक्षा गार्ड अछामबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा कैदी बन्दीलाई दिनका लागी प्लाष्टिक भित्र मसुरो दालसँग लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।