प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८२-१०-२३

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला डडेल्धुरा, अजयमेरू गा.पा.२ बस्ने बर्ष २३ को मुकुन्द राज जोशी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने मिति २०८२।१०।१९ गते देखि हराई बेपत्ता भएकोले निजको आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा मिति २०८२।१०।२२ गते १६:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ स्थित रहेको देवरिया बनस्पती उद्यानको पछाडी जङ्गलमा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१०-२३

      कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कृते मुद्दामा १ वर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष ३५ को सुरेश बहादुर दमाईलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२२  गते पक्राउ गरेको ।     कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा  ५ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ बस्ने वर्ष २३ को कृष्ण भुजेललाई  प्रहरी चौकी परासन,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२२  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

वस दुर्घटना हुँदा १३ को मृत्यु, ३५ घाइते
२०८२-१०-२३

      बैतडी:- जिल्ला बैतडी, पुर्चौडी न.पा. ७ बडचौर स्थित ढोल्यामोड पुर्चौडी भित्री सडक खण्डमा पुर्चौडीबाट बझाङ तर्फ जादै गरेको सु.प.प्र.०२-००१ ख १११९ नम्बरको बस अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई बिहीबार १९:५५ वजेको समयमा दुर्घटना हुँदा उक्त बसमा चालक सहित ४९ जना सवार मध्ये १३ जनाको मृत्यु भएको, ३४ जना घाईतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, १ जना घाईते डिस्चार्ज भईसकेको र वस चालक  जिल्ला कञ्चनपुर, भिमदत्त न.पा ७ हल्दुखाल बस्ने वर्ष ४२ को बिरेन्द्र बुदालाई प्रहरीले नियन्त्रण लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।मृतकहरुको नामावली विवरण १. जिल्ला बझाङ, बित्थडचिर गा.पा. ७ बस्ने वर्ष ४० को केशब राज जोशी,२. ऐ. बस्ने वर्ष १३ को अशोक राज जोशी, ३.ऐ. बस्ने वर्ष ३५ को बसन्त जोशी, ४.ऐ. बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी,५.ऐ. बस्ने वर्ष ४२ को नरेश राज जोशी,६. ऐ. केदारस्यु गा.पा. बस्ने वर्ष ६० को मोहन देव भट्ट, ७.ऐ. जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला,८. ऐ. बित्थडचिर गा.पा ०७ बस्ने वर्ष १७ को बिसन दत्त जोशी,९. ऐ. बस्ने वर्ष २८ को दिपक राज जोशी,१०. ऐ. बस्ने वर्ष ४६ को किसन दत्त जोशी, ११.ऐ.केदारस्यु गा.पा ०७ बस्ने वर्ष २६ को केशव राज भट्ट,  १२.जिल्ला बैतडी, पुर्चौडी न.पा.७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी, १३.ऐ. बस्ने वर्ष १५ को सुशिल जोशी,मृतकहरु मध्ये ६ जनाको घटनास्थलमै  भएको र  ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।