वस दुर्घटना हुँदा १३ को मृत्यु, ३५ घाइते
२०८२-१०-२३
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, पुर्चौडी न.पा. ७ बडचौर स्थित ढोल्यामोड पुर्चौडी भित्री सडक खण्डमा पुर्चौडीबाट बझाङ तर्फ जादै गरेको सु.प.प्र.०२-००१ ख १११९ नम्बरको बस अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई बिहीबार १९:५५ वजेको समयमा दुर्घटना हुँदा उक्त बसमा चालक सहित ४९ जना सवार मध्ये १३ जनाको मृत्यु भएको, ३४ जना घाईतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, १ जना घाईते डिस्चार्ज भईसकेको र वस चालक जिल्ला कञ्चनपुर, भिमदत्त न.पा ७ हल्दुखाल बस्ने वर्ष ४२ को बिरेन्द्र बुदालाई प्रहरीले नियन्त्रण लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृतकहरुको नामावली विवरण
१. जिल्ला बझाङ, बित्थडचिर गा.पा. ७ बस्ने वर्ष ४० को केशब राज जोशी,
२. ऐ. बस्ने वर्ष १३ को अशोक राज जोशी,
३.ऐ. बस्ने वर्ष ३५ को बसन्त जोशी,
४.ऐ. बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी,
५.ऐ. बस्ने वर्ष ४२ को नरेश राज जोशी,
६. ऐ. केदारस्यु गा.पा. बस्ने वर्ष ६० को मोहन देव भट्ट,
७.ऐ. जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला,
८. ऐ. बित्थडचिर गा.पा ०७ बस्ने वर्ष १७ को बिसन दत्त जोशी,
९. ऐ. बस्ने वर्ष २८ को दिपक राज जोशी,
१०. ऐ. बस्ने वर्ष ४६ को किसन दत्त जोशी,
११.ऐ.केदारस्यु गा.पा ०७ बस्ने वर्ष २६ को केशव राज भट्ट,
१२.जिल्ला बैतडी, पुर्चौडी न.पा.७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी,
१३.ऐ. बस्ने वर्ष १५ को सुशिल जोशी,
मृतकहरु मध्ये ६ जनाको घटनास्थलमै भएको र ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।