फरार प्रतिबादी पक्राउ
२०८२-१०-२३
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कृते मुद्दामा १ वर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष ३५ को सुरेश बहादुर दमाईलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२२ गते पक्राउ गरेको ।
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ बस्ने वर्ष २३ को कृष्ण भुजेललाई प्रहरी चौकी परासन,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।