मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-१०-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कीचुहा न.पा.५ तिकलपुर स्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने बर्ष ३२ को दिपेन्द्र रावलको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।