बसको ढोकाबाट खसेर मानिसको मृत्यू
२०८२-११-०१
- A
- A-
- A+
बैतडी:- जिल्ला
बैतडी दशरथचन्द न.पा.१ गुरुखोला स्थित दशरथचन्द राजमार्गमा महेन्द्रनगर बाट बैतडी
तर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०१७ नम्वरको बसको ढोकाबाट खसेर जिल्ला बैतडी,
दशरथचन्द न.पा.४ त्रिपुरा बस्ने वर्ष ६५ को पदम राज भट्ट गम्भिर घाईते भई उपचारको
लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र बस चालक जिल्ला
बैतडी पाटन न.पा.८ हरिचन बस्ने वर्ष ३२ को दशरथ महरालाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान
गरिरहेको छ ।