ट्याक्टर दुर्घटना हुँदा मृत्यु, घाइते
२०८२-११-०४
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.२ बसना स्थित चमडा डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउदै गरेको सु.प.प्र.०१-००२ त ७४२८ नम्बरको ट्रयाक्टर अनियन्त्रित सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २० को सन्दिप चौधरीको घट्नास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा सवार चालक सहित ५ जना मध्ये १ जनाको मृत्यु, जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २० को जोन चौधरी, सोही ठाउँ बस्ने बर्ष २० को पुरन चौधरी घाइते भई डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने बर्ष २३ को उमेश रानालाई थप उपचारको लागी धनगढी तर्फ रिफर गरेको छ । ट्याक्टर घट्ना स्थलमै रहेको छ भने ट्याक्टर चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३२ को करन चौधरी फरार रहेकाले निजको प्रहरीले खोजतालास गरिरहेको छ ।