अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-११-११
- A
- A-
- A+
कैलाली
:- जिल्ला कैलाली लम्कीचुवा न.पा. ३ चिसापानी बजारबाट ७० मिलिग्राम लागूऔषध
खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला सुर्खेत
बराहताल गा.पा.१
श्रीचौर स्थायी घर भई हाल जिल्ला कैलाली लम्कीचुहा
न.पा.३
चिसापानी बस्ने वर्ष २० को सन्तोष सुनारलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको
हो । इलाका प्रहरी कार्यालय चिसापानी,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका
लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो
यसैगरी, जिल्ला कैलाली टीकापुर
न.पा. ८ खक्रौला स्थितबाट ९१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित जिल्ला कैलाली लम्की चुहा न.पा. १
बस्ने बर्ष २७ को राम
बहादुर रसाईली र ऐ.ऐ. बस्ने बर्ष १९ को बिशाल
बिश्वकर्मालाई आईतबार साँझ
प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि
चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक
प्रक्रिया पुरा गरि पक्राउ गरेको हो