अबैध काठ बरामद
२०८२-११-२७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थित सोही ठाउँ बस्ने दिपेन्द्र चौधरीले आफ्नो घरको कोठा भित्र अबैध काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको घर कोठा भित्र खानतलासी गर्दा साल जातको ६४.६७ क्युफिट अन्दाजी मुल्य रु.८०,८३७।– (असी हजार आठ सय सैतिस) बराबरको अबैध काठ मंगलबार बिहान ईलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहित मानिस समेतलाई आवश्यक कारवाहीको लागि कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएको हो ।