अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ मिलन चोकबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,५००।– बराबरको बिडी,
सुर्ती, चक्लेट, ज्वानो, तिलको तेल, पानीपुरी, सुटपिस, कुर्ती लगायतका सामानहरु सोमबार राती प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६५,५२५।– बराबरको पेन्ट, डोटरमेट, बिभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु आइतबार
साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको हो ।
यसैगरी, जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ कञ्चभोजबाट अबैंध रुपमा नेपालबाट
भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.५०,०००।– बराबरको ४ (चार) वटा बाख्रा आइतबार साँझ इलाका प्रहरी कार्यालय दोधरा
चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।