भरुवा वन्दुकले गोली प्रहार गरी श्रीमतीको हत्या
२०८२-१२-०५
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.०४ अमलेशैनी गाउँ बस्ने बर्ष ३० को राम बहादुर मगरले आफ्नै श्रीमती बर्ष २७ की संजिता मगरसंग विवाद गरि आफैसँग रहेको भरुवा बन्दुकले गोली हानी वुधवार साँझतिर हत्या गरेको छ ।
निजले श्रीमतिलाई गोली हानि हत्या गरेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटि गएको प्रहरी टोलीले घर देखि पश्चिमतर्फ ३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा हत्या गरेको र आफुलाई समेत उक्त बन्दुकले गोली हानी गम्भिर घाईते अवस्थामा फेला पारी सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचार भईरहेको छ । भरुवा वन्दुक इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले नियन्त्रण लिई घट्ना सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।